गृहपृष्ठ कुसुम मिडियाको ‘तिमी बिना’ सार्वजनिक

कुसुम मिडियाको ‘तिमी बिना’ सार्वजनिक

कुसुम मिडिया क्रिएसन प्रालिले  ‘तिमी बिना…’ गीत सार्वजनिक गरेको छ ।  युवा गायक रुबेन अवालेको आवाज रहेको गीत ‘ग्ल्याममान्डु च्यानल’मार्फत सार्वजनिक गरिएको हो ।

रोशिकले निर्देशन गरेको गीतमा  प्रेम वियोगलाई  भिडियो कथामा देखाउन खोजिएको छ । मिलन खड्का र रितु पौडेलेको अभिनय रहेको ‘तिमी  बिना…’मा पुरुष पात्रको मनभित्र लुकेका प्रेम वियोगको वेदनालाई उसको दिनचर्यामार्फत बिर्सने प्रयास र अझ विगतले उसलाई पछाइरहेको वर्तमानका दृश्य अटाउन खोजिएको छ ।

युवा पुस्तामा हुने गरेका प्रेम विलापपछिको पीडालाई गायक रुबेन अवाले लेख्ने कोसिस गरेका छन् । गीतको संगीत संयोजन पनि अवाले आफैँले गरेका छन् भने  संगीत सोल साउन्डको र  साउन्ड मिक्सिङ भने जोल मुक्तानले गरेका छन् । भिडियोको प्रोडक्सन व्यवस्थापन सुप्रिया महर्जन सापकोटाले गरेकी  छन् भने बजार व्यवस्थापन केशव रोक्का र हिमसागर बामले गर्दै आएका छन् ।

प्रकाशित समय ११:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु