गृहपृष्ठ यी हुन् सबैभन्दा बढी संक्रमित भेटिएका नेपालका २० जिल्ला
यी हुन् सबैभन्दा बढी संक्रमित भेटिएका नेपालका २० जिल्ला
कोरोनाभाइरस संक्रमण घटेको भन्दै सरकारले चार महिना लामो लकडाउन साउन पहिलो हप्ता अन्त्य गर्यो । तर, लकडाउन खुलेसँगै नेपालमा कोरोनाको संक्रमणदर बढ्दै गइरहेको छ । संक्रमित र मृत्यु हुनेको संख्या दिनहुँ बढ्दो छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारको प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार नेपालमा २३ हजार ९४८ जनामा संक्रमण पुष्टि भइसकेको छ । सोही अवधिसम्म ८३ जनाले ज्यान गुमाएका छन् । संक्रमणमुक्त भई घर फर्किनेको संख्या भने १६ हजार ६६४ रहेको छ ।
सबैभन्दा बढी संक्रमण फैलिएको रौतहटमा एक हजार ५ सय ९३ जना संक्रमित छन् भने २ जनाको मृत्यु भएको छ । त्यस्तै १२ सय ७७ जना संक्रमित रहेको कैलालीमा ४ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा कम कोरोना संक्रमण फैलिएको जिल्लाहरु मनाङ र मुस्ताङ हुन् । जहाँ १÷१ जना संक्रमित रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार २० वटा जिल्लाहरुमा कोरोनाभाइरसको अवस्था यस्तो छ :
जिल्ला संक्रमित मृत्यु
रौतहट १५९३ २
कैलाली १२७७ ४
पर्सा १२१५ १९
काठमाडौँ १०५७ ७
दैलेख ९६६ १
सर्लाही ९६४ २
महोत्तरी ९४१ ०
कपिलवस्तु ८९६ १
धनुषा ८८० ६
डोटी ७६८ ३
अछाम ७३१ १
दाङ ७२० १
बाँके ६७० ३
बाजुरा ६२२ १
मोरङ ६०८ ५
सुर्खेत ६०८ २
सप्तरी ५८७ २
कञ्चनपुर ५७५ ०
पाल्पा ५७० १
रुपन्देही ४१६ १
प्रकाशित समय १४:१८ बजे

















