गृहपृष्ठ देशभर ५२५ जना कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा १२७
देशभर ५२५ जना कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा १२७
कोरोनाभाइरस संक्रमितको संख्या दिनहुँ बढिरहेकाे छ । पछिल्लो २४ घन्टामा ५ सय २५ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएकासहित देशभर संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको जानकारी दिए । आज उपत्यकामा काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ गरी १२७ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये १६ हजार ८ सय ३७ जना उपचारपछि घर फर्किएका छन् । हाल देशभर ८ हजार २५ जना सक्रिय संक्रमित रहेका छन् भने क्वारेन्टिनमा १४ हजार ७६९ जना रहेका छन् । हालसम्म कोरोनाबाट ९५ जनाको मृत्यु भएको छ ।
प्रकाशित समय १६:३३ बजे

















