गृहपृष्ठ एसईईको नतिजा प्रकाशित

एसईईको नतिजा प्रकाशित

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको दिनभर बसेको बैठकपछि सोमबार साँझ ४ लाख ७२ हजार ७८ जना एसईई परीक्षार्थीको नतिजा बोर्डले सोमबार सार्वजनिक गरेको हो ।

यसवर्ष ४ लाख ८२ हजार ९८६ विद्यार्थीले लागि आवेदन भरेका थिए । विद्यालयहरुबाट परीक्षाका लागि ४ लाख ७४ हजार ७८ जना विद्यार्थीको विवरण प्राप्त भएको र सोही विवरणलाई रुजु र ग्रेडिङ गरी प्रमाणीकरण गरेको बोर्डले जनाएकाे छ । नतिजा विगतमा जस्तै टेलिफोन, एसएमएस र बेबसाइटमार्फत हेर्न सकिने छ ।

कोरोना भाइरसको महामारीका कारण यसपटक एसईई परीक्षा सञ्चालन हुन सकेको थिएन । त्सपछि सम्बन्धित विद्यालयलाई नै विद्यार्थीको मूल्यांकन गरेर ग्रेडिङ गर्ने जिम्मेवारी दिइएको थियो ।

प्रकाशित समय १९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु