गृहपृष्ठ उपत्यकामा संक्रमित २ हजार, १० जनाको मृत्यु

उपत्यकामा संक्रमित २ हजार, १० जनाको मृत्यु

देशभर काेराेनाभाइरस (कोभिड- १९)को संक्रमण बढदै गएपछि उपत्यकामा पनि संक्रमित बढेका छन् । अहिलेसम्म उपत्यकामा दुई हजार १३४ जना संक्रमित पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । उपत्यकामा बन्दाबन्दी खुलेपछि संक्रमित बढ्न थालेका हुन् ।

सहप्रवक्ता डा. अधिकारीका अनुसार अहिलेसम्म काठमाडौँ जिल्लामा एक हजार ७०५, भक्तपुरमा १४७ र ललितपुरमा २८२ जना रहेका छन् । यस्तै उपत्यकामा १० जनाको कोभिड- १९ को कारणले मृत्यु भइसकेको छ । यसरी मृत्यु हुनेमा नौ जना काठमाडौँ र एक जना ललितपुरका रहेका छन् ।

यस्तै २४१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । काठमाडौँ जिल्लामा १६२, भक्तपुरमा ३५ र ललितपुरमा ४४ जना निको भएर घर फर्किएका छन् । आज मात्र उपत्यकामा १६८ जना संक्रमित फेला परेका छन् । काठमाडौँमा १३९ जना, ललितपुरमा १५ र भक्तपुरमा १४ जना रहेका छन् ।

उपत्यकामा अहिलेसम्म सक्रिय संक्रमित एक हजार ८८३ जना रहेका छन् । काठमाडौँ जिल्लामा एक हजार ५३४, भक्तपुरमा ११२ र ललितपुरमा २३७ जना सक्रिय संक्रमित रहेका छन् । नेपालमा २७ हजार २४१ संक्रमित, १७ हजार ४९५ निको भएका, १०७ जना स‌ंक्रमणका कारण मृत्यु भएका र नौ हजार ६३९ सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित समय २०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु