गृहपृष्ठ छिमेक लघुवित्तद्वारा कोरोना कोषमा १ करोड ३१ लाख सहयोग

छिमेक लघुवित्तद्वारा कोरोना कोषमा १ करोड ३१ लाख सहयोग

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारलाई १ करोड ३१ लाख ९२ हजार रुपैयाँ सहयोग गरेको छ । उक्त रकम सोमबार आयोजित एक समारोहमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरे ।

नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा वित्तीय संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमा २०७७ असार मसान्तमा बाँकी रहेको उक्त रकम हस्तान्तरण गरेको हो । वित्तीय संस्थाले यसअघि पनि गत चैत्र १९ मा नेपाल सरकारले खडा गरेको कोरोना संक्रमण तथा नियन्त्रण कोषमा २५ लाख रुपैयाँ प्रदान गरिसको छ ।

विभिन्न स्थानीय निकायहरुले कोरोनाभाइरस रोकथामका लागि स्थापना गरिएका क्वारेन्टिन व्यवस्थापनका लागि सञ्चालक समितिबाट थप २० लाख रुपैयाँ स्वीकृत गरी उक्त रकम शाखा कार्यालयहरु मार्फत पनि आर्थिक सहयोग गरेको छ । यस कोषको रकमबाट नेपालका गरिब, विपन्न तथा आर्थिक हिसाबले कमजोर तथा सामान्य सुविधाको अवसरबाट बन्चित परिवारलाई यस कोभिड- १९ को संक्रमणबाट जोगाई सरल र सहज रुपमा स्वास्थ्य सेवा पाउनेछन् भन्ने संस्थाको अपेक्षा छ ।

प्रकाशित समय १९:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु