गृहपृष्ठ कोरोना संक्रमितको संख्या २ करोड २० लाख नाघ्यो, ७ लाख ७७ हजारको मृत्यु

कोरोना संक्रमितको संख्या २ करोड २० लाख नाघ्यो, ७ लाख ७७ हजारको मृत्यु

विश्वभर कोरोनाभाइरस (कोभिड १९) संक्रमितको संख्या २ करोड २० लाख नाघेको छ । संक्रमितमध्ये ७ लाख ७७ हजार २१८ जनाको मृत्यु भएको छ भने १ करोड ७४ लाख ८५ हजार मानिस उपचारपछि घर फर्किएका छन् । यो मृत्युदर ३.५३ प्रतिशत हो भने डिस्चार्ज दर ६७.०८ प्रतिशत हो ।

मृत्युदर घट्दै र डिर्चार्ज दर बढ्दै गए पनि तीव्र गतिमा भाइरस संक्रणम फैलिएपछि तत्काल नियन्त्रणको सम्भावना क्षीण बन्दै गएको छ । कोभिड १९ कसरी सर्छ भन्नेमै अन्योल देखिएपछि विश्वका शक्तिसम्पन्न, समृद्ध र स्वास्थ्य क्षेत्रमा अग्रणी मानिएका देशहरू पनि कोरोना नियन्त्रणमा असफल देखिएका छन् ।

बितेका २४ घण्टामै १ लाख ९१ हजार नयाँ संक्रमित फेलापरेका छन् भने ४ हजार ९० जनाको ज्यान गएको छ । यो अवधिमा कोरोनाबाट सबैभन्दा धेरै भारतमा ८८० जनाको ज्यान गएको छ भने ब्राजिलमा ७७५ र अमेरिकामा ५८९ जनाको ज्यान गएको वर्ल्डोमिटरले जनाएको छ ।

हालसम्म अमेरिकामा सर्वाधिक ५६ लाख १२ हजार संक्रमित भेटिएकोमा १ लाख ७३ हजार ७१६ जनाको ज्यान गइसकेको छ । त्यस्तै ब्राजिलमा ३३ लाख ६३ हजार संक्रमित फेला परेकोमा १ लाख ८ हजार ६५४ जनाको ज्यान गइसकेको छ । दक्षिण एसियाली एवं नेपालको दक्षिणी छिमेकी मुलुक भारतमा २७ लाखभन्दा बढी मानिस संक्रिमत भएकोमा ५१ हजार ९२५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै मेक्सिकोमा ५६ हजार ७५७ जना मनिसले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।

प्रकाशित समय ०८:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु