गृहपृष्ठ गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण

gandaki-news karobar

गण्डकी प्रदेशमा सोमबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र क्षयरोग उपचार केन्द्र पोखराका गरिएको परीक्षणमा थप २५ जनासहित  १ हजार ७६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिकामा १५ जनामा संक्रमण देखिएको छ । पोखराका ८ वडामा १५ जनामा कोरोना संक्रमण देखिएको हो । पोखराको वडा नम्बर १६ का १ जना पुरुष, ९ का एक जना महिला र एक जना पुरुष, वडा नम्बर ७ का एक जना पुरुष र एक जना महिला, वडा नम्बर १७ का ८७ वर्षीय पुरुष, वडा नम्बर २७ का १ जना महिला र २ जना पुरुष, वडा नम्बर ३० का एक जना पुरुष र वडा नम्बर ४ का एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वस्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । त्यस्तै पोखरामा २५ र ५० वर्षीया उमेर समूहका महिलाको वडा खुलेको छैन भने २३ र २८ वर्षीय पुरुष पोखरा ६ का हुन् । यससँगै कास्कीमा २४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपुरको कावासोतीमा १ जना १४ वर्षीया बालिका र १ जना महिला, विनय त्रिवेणीमा एक जना र बागलुङको बरेङमा १ जनाा ६ वर्षीय बालक र २५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । त्यसैगरी लमजुङको दोर्दी, तनहुँ व्यास, बागलुङ र स्याङ्जाको पुतलीबजारका एक‑एक जनामा कोरोना संक्रमण देखिएको स्वस्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । गण्डकी प्रदेशमा अहिलेसम्म १ हजार ५५० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

प्रकाशित समय ०८:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु