गृहपृष्ठ गण्डकीमा कोरोनाका कारण थप एक जनाको मृत्यु
गण्डकीमा कोरोनाका कारण थप एक जनाको मृत्यु
पोखरामा कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको निधन भएको छ । पोखरा महानगरपालिका १६ का ८७ वर्षीय वृद्धको कोरोनाभाइरस संक्रमणबाट ज्यान गएको हो । उनी मधुमेह, हाइपरटेन्सन, मृगौलालगायतका विमारबाट ग्रसित थिए । स्वासप्रस्वास तथा उच्च ज्वरो देखिएपछि उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी विभागमा साउन ३२ गते भर्ना गरिएको थियो ।
उपचारका क्रममा उनको आज ज्यान गएको प्रतिष्ठानले जानकारी दिएको छ । गण्डकी प्रदेशअन्तर्गत पोखरामा कोरोनाबाट ज्यान गुमाउने उनी पाँचौँ व्यक्ति हुन् । यसअगाडि पोखराकै सेवा हस्पिटलमा उपचारकै क्रममा तनहुँकी ५० वर्षीया महिलाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ ।
प्रकाशित समय १२:०४ बजे

















