गृहपृष्ठ सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब ब्रुनाईबाट पनि

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब ब्रुनाईबाट पनि

ब्रुनाईको ख्यातिप्राप्त सियमाली रेमिट्यान्स र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ । यससँगै ब्रुनाईमा रहेका नेपालीले सियमाली रेमिट्यान्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फतसजिलै नेपालमा पैसा पठाउन सक्ने भएका छन् ।

नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ८ हजार ५०० भन्दा बढी एजेन्टबाट भुक्तानी लिन, नेपालका जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिनेछ । सम्झौता पत्रमा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सियमालीका निर्देशक Pg. Hj. Seruji  bin Pg. Hj. Damit ले हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा छुट्टै पहिचान बनाउँदै १४ वर्षदेखि कोरिया, जापान, कतार, साउदी, कुवेत, मलेसिया, अस्ट्रेलियालगायतका धेरै देशबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय १२:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु