गृहपृष्ठ काठमाडौं उपत्यकामा २०५ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा २०५ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । पछिल्लो २४ घन्टामा २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकामा एकैदिन भेटिएको संक्रमितको यो संख्या अहिलेसम्मकै धेरै हो । मन्त्रालयका अनुसार आज काठमाडौंमा १ सय ३८, भक्तपुरमा १७ र ललितपुरमा ५० जनामा कोरोना संक्रमण भएको छ ।

मंगलबार देशभर विभिन्न जिल्लामा १ हजार १६ जनासहित देशभर संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । संक्रमितमध्ये १७ हजार ५ सय ८० जना निको भएर घर फर्किएका छन् भने १ सय १४ जनाको ज्यान गएको छ ।

प्रकाशित समय १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु