गृहपृष्ठ ८० हजार घुससहित पक्राउ परेका सब‑इन्जिनियरविरूद्ध विशेष अदालतमा मुद्दा

८० हजार घुससहित पक्राउ परेका सब‑इन्जिनियरविरूद्ध विशेष अदालतमा मुद्दा

bisesh adalat newskarobar

जलस्रोत तथा सिँचाइ विकास डिभिजन बाराका सब-इन्जिनियर गजेन्द्रप्रसाद जयसवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । नदी तटबन्धको जाली लगाउने कार्य सम्पन्नपश्चात रकम भुक्तानी गरिदिएबापत सेवाग्राहीसँग मागेको ८० हजार घुस रकमसहित पक्राउ परेका जयसवालविरुद्ध अख्तियारले मंगलबार मुद्दा दायर गरेको हो ।

अख्तियारको हेटौंडाबाट गएको टोलीले जायसवाललाई साउन ४ गते नियन्त्रणमा लिएको  थियो । अनुसन्धानको सिलसिलामा जयसवालले नदी नियन्त्रण योजनाको नापजाँच तथा बिल भरपाई बनाई भुक्तानी दिलाएबापत सेवाग्राहीसँग घुस माग गरी अर्कै व्यक्तिलाई लिन लगाएका थिए ।

भ्रष्टाचारजन्य कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकाले जयसवाललाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगो ८० हजार कायम गरी दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय माग गरी विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

प्रकाशित समय १६:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु