गृहपृष्ठ विद्यार्थीले घरमै बसेर पठनपाठन गर्न सकिने

विद्यार्थीले घरमै बसेर पठनपाठन गर्न सकिने

विश्वव्यापी कोरोना महामारीले गर्दा हरेक क्षेत्रको जनजीवन प्रभावित गरेको बेला शैक्षिक क्षेत्र पनि अछुतो रहन सकेको छैन । विद्यार्थीहरुको पठनपाठन झण्डै तहसनहस हुन लागेको छ भने बिभिन्न अनलाइन माध्यम र तिनीहरुको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभावले सबैको दैनिकी नै भिन्न प्रायः भइसकेको छ ।

गत चैत्र महिनादेखि सरकारले लागू गरेको लकडाउनका र त्यसपछि भेला र मेलाजस्ता सामुहिक कार्यमाथि जारी निषेधाज्ञाका कारण विगतका वर्षहरुमा झैं यस वर्षको बैशाख जेष्ठ महिनाहरुमा लाग्ने गरेको कुनै पनि शैक्षिक मेलाहरु यो पटक हुन पाएनन् भने आज एसइई परीक्षाको नतिजा प्रकाशित भएको पहिलो दिन पनि कैयन शैक्षिक संस्थाका सञ्चालकहरुमा वर्षभरिको आय र खर्चको व्यवस्था गर्ने कसरी हो भन्ने अन्यौलता छाएको छ । यसै परिप्रेक्ष र चुनौतीलाई सामना गर्ने माध्यमका रुपमा नेपालमा पनि www.gotosams.com को सुरुवात भएको छ ।

यस अनलाइन पोर्टल www.gotosams.com का माध्यमबाट एसइई र सोभन्दा माथिल्लो तहको परीक्षा उत्तीर्ण भएका विद्यार्थीहरुले आफूले अध्ययन गर्न चाहेको विषय, शैक्षिक संस्था वा भौगोलिक क्षेत्रको इच्छा अनुसारको सूचना जानकारी लिनुका साथै भर्ना आवेदन र त्यसपछिका प्रक्रिया अबलम्बन गर्नुका साथै उपलब्ध छात्रबृत्ति, रोजगारका अबसर र शैक्षिक संस्थाहरुद्धारा आयोजना गरिने बिभिन्न प्राज्ञिक तथा अतिरिक्त क्रियाकलाप सम्बन्धि जानकारी लिन सक्नेछन् । बाहिर हिडडुलमा लागेको प्रतिबन्ध तथा साबधानी अपनाउनुपर्ने भएकाले धेरै विद्यार्थीहरुले घरमै बसेर यस पोर्टलका माध्यमबाट एकै आवेदन फारममार्फत् धेरै संस्थाहरुमा आवेदन दिन सक्नेछन् ।

अर्कोतर्फ www.gotosams.com अनलाइन पोर्टलको माध्यमबाट शैक्षिक संस्थाहरुले आफ्नो  व्यवसायको समयोचित मूल्याकंन र उचित प्रबन्ध गर्न सक्नेछन् । आबद्ध शैक्षिक संस्थाहरुले आप्mनो संस्थामा के कति विद्यार्थीहरुले रुचि देखाएका छन् भनि थाहा पाउनुका साथै तिनीहरुको अबस्था तथा प्राप्तांकअनुसार आफूले उपलब्ध गराउन सक्ने सेवा सुबिधाको बारेका ब्यक्तिगत रुपमा नै अन्तक्रिया गर्न सकिन्छ । यसका अतिरिक्त शैक्षिक संस्थाहरुले गर्ने बिभिन्न प्राज्ञिक तथा अतिरिक्त क्रियाकलापसम्बन्धि जानकारी एकै पटक धेरै जनालाई दिन सक्नेछन् । यसका लागि शैक्षिक संस्थाहरुले www.gotosams.com अनलाइन पोर्टलमा गई आप्mनो संस्थासम्बन्धि जानकारीलाई भेरिफाई गर्नुपर्ने हुन्छ । यसरी धधध।नयतयकबmक।अयm ले विद्यार्थीका लागि सबैथोक एकै ठाउँ, घरैमा बसेर गर्न सकिने भएको छ ।

अन्य विस्तृत जानकारीका लागि फोन नं. ०१ ४०१२७६८ वा www.gotosams.com सम्पर्क गर्न सकिने छ ।

प्रकाशित समय ११:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु