गृहपृष्ठ भारतमा कोरोना संक्रमितको संख्या ३० लाख नजिक, एकै दिन थपिए ६९ हजार संक्रमित
भारतमा कोरोना संक्रमितको संख्या ३० लाख नजिक, एकै दिन थपिए ६९ हजार संक्रमित
भारतमा कोरोना संक्रमितको संख्या ३० लाख नजिक पुगेको छ । गएको २४ घण्टामा मात्रै ६९ हजार ३९ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या २९ लाख ७३ हजार ३६८ पुगेको हो ।
भारतीय स्वास्थ्य विभागका अनुसार करिब ७० प्रतिशत संक्रमित कोरोनामुक्त भइसकेका छन् । कुल संक्रमितमध्ये २२ लाख २० हजार ७९९ जना डिस्चार्ज भइसकेका छन् भने ६ लाख ६९ हजार ६४१ जनाको उपचार भइरहेको छ ।
अहिलेसम्म भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५५ हजार ९२८ पुगेको छ । शुक्रबार मात्रै भारतमा ९५३ जनाले ज्यान गुमाएका छन् ।
प्रकाशित समय १०:१५ बजे

















