गृहपृष्ठ प्रसूतिगृहका चिकित्सकसहित ८ जनामा कोरोना संक्रमण
प्रसूतिगृहका चिकित्सकसहित ८ जनामा कोरोना संक्रमण
फाइल तस्बिर ।
थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालका चिकित्सकसहित ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक र सुरक्षा गार्डका साथै अस्पतालमा रहेको बैंकका कर्मचारी छन् ।
संक्रमितमध्ये दुई जना अस्पतालको आइसोलेसनमा र बाँकी होम आइसोलेसनमा रहेको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्रले जानकारी दिइन् । उनका अनुसार अस्पतालका बिरामीमा भने संक्रमण देखिएको छैन ।
प्रकाशित समय १५:२० बजे

















