गृहपृष्ठ कोरोना संक्रमणबाट महोत्तरीमा थप २ जनाको मृत्यु

कोरोना संक्रमणबाट महोत्तरीमा थप २ जनाको मृत्यु

फाइल तस्बिर ।

महोत्तरीमा मंगलबार थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाबाट ७५ र ६६ वर्षीय दुई पुरूषको मृत्यु भएकाे जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको मनरा शिस्वा नगरपालिका- ५ का एक जना ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । जिल्ला अस्पताल जलेश्वर ल्याउने क्रममा उनको मृत्यु भएको हो । उनी क्यान्सर रोगबाट ग्रसित थिए ।

महोत्तरीकै बल्वा नगरपालिका- ३ का एक जना ६६ वर्षीय पुरुषको समेत आज नै कोरोनाबाट मृत्युु भएको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी गिरेन्द्र झाका अनुसार योसहित महोत्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

प्रकाशित समय १६:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु