गृहपृष्ठ थप ८५५ जनामा कोरोना संक्रमण, ३३ हजार ५३३ पुग्यो संक्रमितको संख्या

थप ८५५ जनामा कोरोना संक्रमण, ३३ हजार ५३३ पुग्यो संक्रमितको संख्या

काठमाडौं उपत्यकामा २ सय ३२ जना थपिए

बितेको २८ घण्टामा देशभर ८५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । थप भएकासहित कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मंगलबार थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका २ सय ३२ जना रहेको मंगलबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी  दिए । उनका अनुसार  काठमाडौंमा १ सय ९९, भक्तपुरमा १४ र ललितपुरमा १९ जना संक्रमित भेटिएका हुन् ।

उनका अनुसार बितेको २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ । यसैगरी आइसोलेशनमा १४ हजार २५० जना रहेका छन् । जसमा होमआइसोलेशनमा ५५७९ र संस्थागत आइसोलेशनमा ८ हजार ५८१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ३ सय २७ जनाको पीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट १ सय ६४ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित समय १६:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु