गृहपृष्ठ सुदूरपश्चिममा थप १८९ जना कोरोनामुक्त, डिस्चार्ज हुनेको संख्या ४,५८९ पुग्यो

सुदूरपश्चिममा थप १८९ जना कोरोनामुक्त, डिस्चार्ज हुनेको संख्या ४,५८९ पुग्यो

सुदूरपश्चिममा कोरोना जितेर थप १८९ जना डिस्चार्ज भएका छन् । प्रदेशभरिका विभिन्न अस्पताल र स्थानीय तहले बनाएका आइसोलेसनबाट उनीहरुलाई कोरोना जितेपछि घर पठाइएको हो ।

कोरोना जित्नेमा बझाङका १६६ जना, कैलालीका १५ जना, कञ्चनपुर र डोटीबाट ४/४ जनालाई डिस्चार्ज गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा भनेका छन् ।

कार्कीका अनुसार योसँगै सुदूरपश्चिममा कोरोना जित्नेको संख्या चार हजार ५८९ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार ३३१ जना संक्रमित डिस्चार्ज भएका छन् । अछामका ७१३, कञ्चनपुरका ५८५, डोटीका ५८० र बाजुराबाट ४४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

बैतडीबाट ३२२, डडेल्धुराबाट २९९, बझाङबाट २७६ र दार्चुलाबाट ४१ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हाल सुदूरपश्चिममा सक्रिय संक्रमित ८६८ रहेका छन् । संक्रमण पुष्टि भएका र लक्षण देखिएका ८९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

महाकाली अस्पतालमा ३२, टीकापुर अस्पतालमा २४, सेती प्रादेशिक अस्पतालमा १९, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटी र डडेल्धुरा अस्पतालमा दुई/दुई जना संक्रमितको उपचार भइरहेको छ । अन्य संक्रमित भने स्थानीय तहको आइसोलेसन र घरमै रहेका छन् ।

प्रकाशित समय ०८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु