गृहपृष्ठ नेपाल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल नियुक्त

नेपाल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल नियुक्त

नेपाल इन्स्योरेन्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल नियुक्त भएका छन् । मंगलबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले नायव प्रमुख कार्यकारी अधिकृत पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

पोखरेल केही महिनाअघि मात्र युनाइटेड फाइनान्सको नायव प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएका थिए । उनीसँग नेपाल एसबीआई, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाललगायत ठूलो बैंकहरूमा काम गरेको अनुभव छ । त्यसैगरी इन्स्योरेन्सको नायव महाप्रबन्धकमा निरज बस्नेत नियुक्त भएका छन् ।

बस्नेत प्रिमियर इन्स्योरेन्सको फाइनान्स हेड रहेका थिए । कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृत र नायव महाप्रबन्धक दुबै पदमा नयाँ नियुक्तीको लागि खुला प्रतिस्प्रर्धा गरेको हो ।

प्रकाशित समय ०८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु