गृहपृष्ठ अमेरिकामा कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो

अमेरिकामा कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो

अमेरिकामा कोरोना संक्रमितको संख्या ६० लाख नाघेको छ । वर्ल्डोमिटरको तथ्यांकअनुसार सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा कोरोना संक्रमितको संख्या ६० लाख ३६५ पुगेको हो । त्यस्तै अमेरिकामा अहिलेसम्म एक लाख ८३ हजार ९०६ जनाको ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

केही सातायता संक्रमणको संख्या घट्दै आएको अमेरिकामा फेरि संक्रमितको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ । गएको २४ घण्टामा मात्रै ४४ हजार ६३७ जनामा संक्रमण देखिएको छ भने एक हजार २८९ जनाको ज्यान गएको छ । त्यस्तै अमेरिकामा ३३ लाख १३ हजार ८६१ जनाको सफल उपचार भएको छ भने २५ लाख २ हजारको उपचार भइरहेको अमेरिकी स्वास्थ्य विभागले जनाएको छ ।

प्रकाशित समय १४:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु