गृहपृष्ठ काठमाडौं उपत्यकामा थपिए ३७७ जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा थपिए ३७७ जना कोरोना संक्रमित
संघीय राजधानी रहेको काठमाडौं उपत्यकामा काेराेना संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा थप ३ सय ७७ जनामा कोरोना संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ सय ७०, भक्तपुरमा ४१ र ललितपुरमा ६६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
देशभरमा भने १ हजार १११ कोरोनाभाइरस (कोभिड- १९) का संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको मन्त्रालयले जनाएकाे छ ।
प्रकाशित समय १६:२७ बजे

















