गृहपृष्ठ दुल्लु नगरपालिका दैलेखका १२ जनासहित २५ संक्रमित

दुल्लु नगरपालिका दैलेखका १२ जनासहित २५ संक्रमित

दुल्लु नगरपालिका दैलेखमा एकैदिन १२ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससहित कर्णालीमा बिहीबार २५ जनामा भाइरस पुष्टि भएको हो ।

प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटि–पिसिआर परीक्षणमा १३ जना र दैलेख अस्पतालमा गरिएको परीक्षणमा १२ जनामा कोरोनाभाइरस पुष्टि भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।

प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटि–पिसिआर परिक्षणमा काठमाडौंका तीन जना, सुर्खेतका दुई जना, भक्तपुरका १, रुपन्देहिका १, सिन्धुपाल्चोकका १ जना, बाँकेका २, सल्यानका १ र जाजरकोटका २ जना रहेको महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए । उनका अनुसार यससँगै कर्णालीमा कोरोनाभाइरस संक्रमितको संख्या २ हजार ३४४ पुगेको छ । गत चौबिस घण्टामा ५ जना निको भएसँगै कोरोनामुक्त हुनेको संख्या २ हजार २५ पुगेको छ ।

प्रमुख तिवारीले प्रदेशभर सक्रिय संक्रमितको संख्या ३०८ रहेको जानकारी दिए । सबैभन्दा बढी सुर्खेतमा ७८, जुम्लामा ७५, दैलेखमा ५४, जाजरकोटमा २३, सल्यानमा ३५, रुकुम पश्चिममा ३०, कालिकोटमा ११ र मुगुमा २ जना संक्रमित रहेको बताए । हालसम्म डोल्पा र हुम्लामा भने कुनै पनि संक्रमित नभएको उनले पुष्टि गरे । प्रदेशभर जेठ ५ गते कर्णालीमा कोरोनाभाइरसको संक्रमण देखिन थालेयता कोरोनाको कारण ६ जनाको मृत्यु भएको छ ।

प्रकाशित समय १७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु