गृहपृष्ठ काठमाडौं उपत्यकामा कोरोना ग्राफ बढ्दै, एकैदिन ४२९ जनामा संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा कोरोना ग्राफ बढ्दै, एकैदिन ४२९ जनामा संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा स्रोत नखुलेका कोरोना संक्रमितको संख्या बढिरहेको छ । पछिल्लो २४ घन्टामा उपत्यकामा ४ सय २९ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ३ सय ७२ जना, भक्तपुरमा ४५ जना र ललितपुरमा १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

देशभरमा भने १२ हजार ७१७ नमुना परीक्षण ३४८ महिला र ८७३ पुरुष गरी जम्मा १ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा कुल संक्रमित संख्या ३८ हजार ५ सय ६१ पुगेको आइतबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

प्रकाशित समय १६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु