गृहपृष्ठ डा. भोला रिजालका दम्पतीलाई कोरोना संक्रमण
डा. भोला रिजालका दम्पतीलाई कोरोना संक्रमण
वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल र उनकी पत्नीलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको छ । अहिले रिजाल दम्पती उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना भएका छन् ।
सुरुमा डा. रिजाललाई हल्का ज्वरो आए पनि अस्पताल भर्ना भएदेखि उनीहरुमा अहिले त्यस्तो कुनै लक्षण नदेखिएको बताइएको छ । ‘श्रीमतीलाई हल्का ज्वरो आएको थियो । हाम्रो एज फ्याक्टर र पास्ट हिस्ट्रीले गर्दा परीक्षण गरिहालौँ भनेर परीक्षण गरेका थियौँ । दुवैको रिपोर्ट पोजेटिभ आएको छ। अहिले हामी अस्पतालमा भर्ना भइसकेको छौँ । स्वास्थ्यमा कुनै समस्या देखिएको छैन,’ उनले भनेका छन् ।
प्रकाशित समय २०:०५ बजे

















