गृहपृष्ठ थप १,३५९ जनामा कोरोना पुष्टि, १,३५४ जना डिस्चार्ज
थप १,३५९ जनामा कोरोना पुष्टि, १,३५४ जना डिस्चार्ज
थप १४ जनाको मृत्यु, मृतक संख्या २७१ पुग्यो
पछिल्लो २४ घण्टाभित्र देशभर ४ सय ६४ महिला र ८ सय ९५ पुरूष गरी थप १३ सय ५९ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । यो संख्या एकैदिन थपिएको संक्रमित संख्यामध्ये अहिलेसम्मकै सबैभन्दा बढी हो । बिहीबार १,२२८ जनामा कोरोना पुष्टि भएको थियो ।
यस अवधिमा १३ हजार ६ सय ३८ पीसीआर परीक्षण गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार
काठमाडौँ उपत्यकामा ४ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडाैँमा ३ सय ८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना कोरोना संक्रमित थपिएकाे हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४४ हजार २ सय ३६ पुगेकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए । उनका अनुसार शुक्रबार १ हजार ३ सय ५४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजाजर ५ सय ६१ पुगेकाे छ ।
हाल देशभर सक्रिय संक्रमितकाे संख्या १८ हजार ४ सय ४ रहेको छ । यसमध्ये संस्थागत आइसोलेशनमा १० हजार ९ सय ४२ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ४ सय ६२ जना रहेका छन् । क्वारेन्टिनमा ६ हजार ५ सय ६१ जना रहेका छन् ।
गत २४ घण्टाभित्र नेपालमा कोरोनाबाट ४ महिला र १० पुरूष गरी थप १४ जनाले ज्यान गुमाएका छन् । योसहित हालसम्म मृतकको संख्या २ सय ७१ पुगेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित समय १६:३० बजे

















