गृहपृष्ठ काठमाडौं उपत्यकामा ३५४ जना कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकामा ३५४ जना कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ । पछिल्लो २४ घन्टामा उपत्यकामा ३ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा २ सय ९०, भक्तपुरमा ३२ र ललितपुरमा ३२ सहित काठमाडौं उपत्यकामा ३ सय ५४ जना संक्रमित थपिएका हुन् ।
शनिबार उपत्यकाभित्र काठमाडौंमा ३ सय २६, भक्तपुरमा ४५ र ललितपुरमा ३७ गरी ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार काठमाडौंमा ३ सय ८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ गरी उपत्यकामा ४ सय ५४ जना संक्रमित थपिएका थिए ।
प्रकाशित समय १६:२५ बजे

















