गृहपृष्ठ देशभर ९०२ जना कोरोना संक्रमित थपिए

देशभर ९०२ जना कोरोना संक्रमित थपिए

कोरोना संक्रमितको संख्या ४८ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १० हजार ६११ पीसीआर परीक्षण गर्दा देशभर ९ सय २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका ९ सय २ जनासहित देशभर संक्रमितको संख्या ४८ हजार १ सय ३६ पुगेको जानकारी दिए ।

सोमबार ९ हजार २ सय १८ जनाको पीसीआर परीक्षण गर्दा ९ सय ७९ जनामा संक्रमण पुष्टि भएको थियो । आइतबार भने १० हजार ३ सय ८२ नमुना परीक्षण गर्दा २ सय ९० महिला र ६ सय ९० पुरूष गरी देशभर कुल ९ सय ८० जना कोरोना संक्रमित थपिएका थिए ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार २ सय ८७ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३२ हजार ९ सय ६४ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ८ सय ६८ रहेको छ । जसमध्ये संस्थागत आइसोलेशनमा ८ हजार ५३ रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ८ सय १५ जना रहेका छन् । हाल क्वारेन्टिनमा ५ हजार ३ सय १० जना छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ३ सय ६ पुगेको छ ।

प्रकाशित समय १६:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु