गृहपृष्ठ थप १,०८१ जनामा संक्रमण, कोरोना संक्रमितको संख्या ४९ हजार नाघ्यो

थप १,०८१ जनामा संक्रमण, कोरोना संक्रमितको संख्या ४९ हजार नाघ्यो

कोरोना भाइरस संक्रमितको संख्या ४९ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ८१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अब देशभर संक्रमितको संख्या ४९ हजार २ सय १९ जना पुगेको जानकारी दिए । गत २४ घण्टाभित्र ९ सय १८ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ३३ हजार ८ सय ८२ पुगेको छ ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ९ सय ८८ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ३७ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ११ हजार १ सय ६७ जनाको पीसीआर परीक्षण भएको छ ।

यसैबीच कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ सय १२ पुगेको छ।

प्रकाशित समय १६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु