गृहपृष्ठ ‘एनआईसी एसिया क्वीज’मा लाखौंको पुरस्कार जित्ने मौका
‘एनआईसी एसिया क्वीज’मा लाखौंको पुरस्कार जित्ने मौका
एनआईसी एशिया बैंकले समयअनुकुल ग्राहकमैत्री विशेष योजनाहरू ल्याउने क्रममा आकर्षक पुरस्कारले भरिपूर्ण ‘एनआईसी एसिया क्वीज’ योजना सार्वजनिक गरेको छ । बैंकका ग्राहक तथा अन्य महानुभावहरूले यस बैंकको Viber Community मार्फत सोधिने प्रश्नको सही जवाफ दिई यस योजनामा सहभागी हुन सक्नेछन् ।
यसमार्फत २०७७ भाद्र २५ देखि आश्विन १५ गतेसम्म हरेक दुई दिनको अन्तरालमा सोधिने प्रश्नको सही उत्तर सहभागीहरूले दिनुपर्नेछ । यसरी सोधिने प्रश्नमा दिइएका चार वटा विकल्पहरू मध्येबाट सहभागी महानुभावहरूले आफ्नो सामान्य जानकारीसहित आफूलाई लागेको सही जवाफ दिनुपर्ने हुन्छ । यसरी सोधिएका प्रश्नहरू मध्ये कुनै एक प्रश्नको मात्रै सही जवाफ दिँदासमेत सहभागीहरू विजेता बन्न सक्ने र जति धेरै सही जवाफ दियो त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना बलियो हुने समेत व्यवस्था गरिएको छ । बैंकले उक्त योजनाको समयावधि समाप्त भएको एक हप्तामा विजेता घोषणा गर्नेछ भने बहुसंख्यक सहभागीहरूबाट सही उत्तर आएमा गोलाप्रथाबाट विजेता छनौट गर्ने व्यवस्था गरेको छ ।
यस योजनामा सहभागी भई सही जवाफ दिने एक जनालाई Reecharger को तर्फबाट बम्पर पुरस्कारस्वरुप आकर्षक स्मार्टफोन प्रदान गरिनेछ । त्यसैगरी PALSONIC को तर्फबाट ३२ इन्चको पालसोनिक टेलिभिजन, BrotherHood Enterprises को तर्फबाट भ्याकुम क्लिनर, ELECTRON को तर्फबाट इलेक्ट्रोनिक ओभन टोस्टर तथा ग्रील र YASUDA को तर्फबाट इलेक्ट्रोनिक राइस कुकर १–१ जनालाई प्रदान गरिनेछ । साथै सम्पूर्ण प्रश्नहरूको सही जवाफ दिनुहुने ५ जना भाग्यशालीलाई LG को तर्फबाट आकर्षक उपहार र सान्त्वना पुरस्कारस्वरुप प्रत्येक प्रश्नमा ४ जनालाई रू. ५०० बराबरको मोबाईल रिचार्ज सुविधा प्रदान गरिनेछ ।
भाइबर कम्युनिटीमा जोडिनका लागि सबैभन्दा पहिले Viber App खोली सर्च बक्समा गई यस बैंकको नाम खोज्नुपर्ने हुन्छ । जसमार्फत यस बैंकको NIC ASIA Quiz योजनामा सहभागिता जनाउन सकिनुका साथै बैंकका पछिल्ला योजना, छुट तथा सूचना, सेवा एवं सुविधाजस्ता गतिविधिको बारेमा पनि जानकारी प्राप्त गर्न सकिने व्यवस्था छ ।
प्रकाशित समय १६:२० बजे

















