गृहपृष्ठ १,०३९ जना संक्रमित थपिए
१,०३९ जना संक्रमित थपिए
नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ९ हजार १ सय ८५ पीसीआर परीक्षण गर्दा देशभर १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएकासहित देशभर संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार १७३ जना निको भएका छन् । योसँगै काेराेना संक्रमणबाट निको हुनेको कुल संख्या ३८ हजार ६ सय ९७ पुगेको छ ।
आजसम्म देशभर सक्रिय सक्रमितको संख्या १५ हजार १ सय १७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७ सय ३० र होम आइसोलेशनमा ७ हजार ३ सय ८७ जना रहेका छन् ।
गत २४ घण्टामा देशभर ९ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् । हालसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ४५ पुगेको छ ।
प्रकाशित समय १६:२४ बजे

















