गृहपृष्ठ धनुषामा दुई जना कोरोना संक्रमितको मृत्यु
धनुषामा दुई जना कोरोना संक्रमितको मृत्यु
धनुषामा कोरोना भाइरसको संक्रमित बटेश्वर गाउँपालिका- ५ का ७० वर्षीय पुरुष र सबैला नगरपालिका- ३ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ ।
आन्द्राको समस्याका साथै मधुमेहबाट ग्रसित बटेश्वरका पुरुषलाई श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ २३ गते प्रादेशिक अस्पताल जनकपुरको आईसीयूमा भर्ना गरिएको थियो । उनको असोज १ गते राति १० बजे मृत्यु भएको थियो ।
सबैलाका पुरुषको कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब संकलन गरी परिक्षण गर्दा असोज १ गते कोरोना पोजेटिभ देखिएको थियो । आईसीयूमा राखेर उपचार भइरहेका उनको असोज २ गते दिउँसो मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । प्रजिअ भट्टराईका अनुसार सबैला नगरपालिकाको समन्वयमा नेपाली सेनाको टोलीले असोज २ गते नै मृतकको शवको व्यवस्थापन गरेको थियो ।
प्रकाशित समय १३:१३ बजे

















