गृहपृष्ठ फिलिपिन्समा संकटकाल एक वर्ष थप

फिलिपिन्समा संकटकाल एक वर्ष थप

philipince-newskarobar

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले देशमा जारी संकटकाललाई थप एक वर्ष लम्ब्याएका छन् । कोरोनाभाइरसको महामारीलाई कारण देखाउदै उनले अर्को वर्ष सन् २०२१ को सेप्टेम्बरसम्म कायम रहने गरी संकटकाल घोषणा गरेका हुन् ।

घोषणा नं. १०२१ मार्फत् उनले संकटकाललाई लम्ब्याएको राष्ट्रपति कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन । संकटकाल लम्याउने विषयमा शुक्रबार सार्वजनिक गरिएको छ । तर अहिले घोषणा गरिएको संकटकाल भने यही सेप्टेम्बर १३ देखि अर्को वर्ष सन् २०२१ को सेम्टेम्बर १२ तारिखसम्म लागु हुनेछ ।

यसअघि गत मध्य मार्चमा छ महिनाका लागि मात्रै संकटकाल घोषणा गरिएको थियो । तर कोरोना महामारी नियन्त्रणमा नआएकाले एक वर्षका लागि लम्ब्याइएको सरकारी अधिकारीहरुको भनाई छ । फिलिपिन्समा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको तथ्यांकहरुले देखाएका छन् ।

महामारीबाट भइरहेको मानवीय क्षति न्युनीकरणका लागि भन्दै फिलिपिन्समा संकटकाल घोषणा गरिएको हो । राष्ट्रपतिका प्रवक्ता ह्यारी रोक्युले सवै समाधिस्थलहरु यही अक्टोबर २९ देखि नोभेम्बर ४ तारिखसम्म बन्द रहने पनि जानकारी दिए ।

फिलिपिन्समा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाभाइरसबाट तीन हजार २५७ जना संक्रमित भएका छन् । योसँगै कुल संक्रमितको संख्या झण्डै दुई लाख ८० हजार पुगेको छ । तीमध्ये दुई लाख आठ हजार ७९० जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी कोरोनाभाइरसकै कारण फिलिपिन्समा अहिलेसम्म कुल मृतकको संख्या चार हजार ८३० पुगेको पनि अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित समय १३:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु