गृहपृष्ठ कर्णालीमा थप ३३ जनालाई कोरोना संक्रमण

कर्णालीमा थप ३३ जनालाई कोरोना संक्रमण

कर्णाली प्रदेशमा थप ३३ जनामा कोरोनाभाइरस (कोभिड- १९) संक्रमणको पुष्टि भएको छ । प्रदेशका तीनवटा प्रयोगशालामा गरिएको आरटी-पीसीआर परीक्षणको नतिजाअनुसार ३३ जना संक्रमित थपिएका हुन् ।

कर्णाली प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ३१, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा १ र चौरजहारी पीसीआर परीक्षण प्रयोगशाला रुकुमपश्चिममा १ गरी ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार कोरोना पुष्टि भएकाहरुमा सुर्खेत जिल्लाका २८, जाजरकोटका ३, जुम्लाका १ र रुकुमपश्चिमका १ जना रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख बृषबहादुर शाहीले जानकारी दिए । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४२ पुगेको छ ।

गत २४ घण्टामा १२ जना संक्रमणमुक्त भएसँगै हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेहरुको संख्या २ हजार ८ सय ४२ पुगेको महाशाखाको तथ्यांक छ । महाशाखा प्रमुख शाहीका अनुसार प्रदेशमा सक्रिय संक्रमितको संख्या ४ सय ९३ रहेको छ । जसमध्ये सुर्खेतमा ३ सय ४६, दैलेखमा २१, जाजरकोटमा ६,सल्यानमा ७४, रुकुमपश्चिममा ४५ र डोल्पामा १ जना रहेका छन् ।

कालिकोट, जुम्ला, हुम्ला र मुगु जिल्लामा भने कोरोना भाइरसका सक्रिय बिरामी नभएको महाशाखाले जानकारी दिएको छ । हालसम्म प्रदेशभर ६ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाइसकेका छन् ।

प्रकाशित समय १८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु