गृहपृष्ठ कन्ट्रयाक ट्रेसिङमा आएका ४६ जनाको स्वाब संकलन
कन्ट्रयाक ट्रेसिङमा आएका ४६ जनाको स्वाब संकलन
हुम्लामा पहिलो संक्रमित महिलासँगै एउटै जहाजमा आएका सिमकोटस्थित विद्युत प्राधिकरणका संक्रमित दुई पुरुष र उनीहरुको कन्ट्रयाक्ट टेसिङमा रहेका ४६ जनाको पीसीआर परीक्षणका लागि शनिबार स्वाब संकलन गरिएको छ ।
विद्युत प्राधिकरणका संक्रमित दुई कर्मचारीसहित घर परिवार र अन्य विभिन्नि व्यक्तिहरुको स्वाब संकलन गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । उनका अनुसार ५ महिला र ४१ जना पुरुषको स्वाब संकलन गरिएको हो । संकलित स्वाब सुर्खेत पठाइने सूचना अधिकारी फडेराले बताए ।
हुम्लामा पहिलो र दोस्रो दुवै संक्रमितमा कुनै लक्षण नदिखएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । यी तीनै जनाको स्वास्थ्य सामान्य रहेको छ ।

प्रकाशित समय १५:२९ बजे
















