गृहपृष्ठ कोरोना संक्रमण बढेको बढ्यै, एकैदिन थपिए २,२५३ जना संक्रमित

कोरोना संक्रमण बढेको बढ्यै, एकैदिन थपिए २,२५३ जना संक्रमित

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ७८४ जनाको पीसीआर गर्दा थप २ हजार २५३ जनामा कोरोनाभाइरस (कोभिड- १९) संक्रमण पुष्टि भएको छ । यसअघि शनिबार १२ हजार ९७८ जनामा पीसीआर परीक्षण गर्दा २ हजार १ सय २० जना संक्रमित थपिएका थिए ।

आज थपिएकामध्ये १ हजार ५९९ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १ हजार ३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभर संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज देशभर सक्रिय संक्रमित २२ हजार २१९ रहेकाे जानकारी दिए । उनका अनुसार हाल संस्थागत आइसोलेसनमा १० हजार ३२६ र होम आइसोलेसनमा ११ हजार ८९३ जना रहेका छन् ।

प्रकाशित समय १६:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु