गृहपृष्ठ यी हुन् एक हजारभन्दा बढी कोरोना संक्रमित भएका २६ जिल्ला
यी हुन् एक हजारभन्दा बढी कोरोना संक्रमित भएका २६ जिल्ला
नेपालमा केही दिनयता कोरोना संक्रमणको दर बढ्दै गइरहेको छ । आइतबार दिउँसोको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै दुई हजार २५३ जना संक्रमित थपिएका छन् । योसँगै देशभर संक्रमित हुनेको संख्या ८६ हजार ८२३ पुगेको छ ।
सबैभन्दा धेरै काठाडौँमा कोरोनाका संक्रमित बढेका छन् । हालसम्म काठमाडौँमा २४ हजार ४३ जना कोरोनाबाट संक्रमित छन् । यी हुन् एक हजार जनाभन्दा बढी संक्रमित रहेका २६ जिल्लाः
जिल्ला संक्रमित
काठमाडौँ २४०४३
मोरङ ३९६९
रुपन्देही ३०४७
ललितपुर २८८४
पर्सा २८३२
कैलाली २७३२
भक्तपुर २४९०
चितवन २४५८
सर्लाही २४४५
रौतहट २२२५
बाँके २०९६
धनुषा २०५८
सुनसरी २०४९
सुर्खेत १६६६
महोत्तरी १५६६
मकवानपुर १५०४
बारा १५०२
सिराहा १४९२
कपिलवस्तु १३९९
सप्तरी १२८१
दाङ १२२२
दैलेख ११४६
दोटी ११०६
नवलपरासी ११०३
अछाम १०८०
कास्की १०५६
प्रकाशित समय १५:२० बजे

















