गृहपृष्ठ प्रदेश ५ को राजधानी विवाद : प्रदेशसभा बैठकमा प्रतिपक्षीको अवरोध
प्रदेश ५ को राजधानी विवाद : प्रदेशसभा बैठकमा प्रतिपक्षीको अवरोध
स्थायी राजधानी तोक्न पेश भएकाे प्रस्तावको विरोधमा प्रतिपक्षी दल कांग्रेसले प्रदेश ५ काे प्रदेश सभा बैठकमा अवरोध गरेको छ । बैठक सुरु भएलगत्तै नेपाली कांग्रेस र जनता समाजवादी दलका सांसदहरुले रोष्ट्रम घेराउ गरेका थिए ।
कांग्रेस नेता विरेन्द्रपसाद कनौडियाले राजधानी तोक्ने विषय सहमति हुनु पर्नेमा सरकारले दुईतिहाइको बलमा एकलौटी तरिकाले प्रस्ताव ल्याएको आरोप लगाए । ‘प्रधानमन्त्रीको बुइ र वैशाखी चढेर प्रस्ताव ल्याएकोमा हाम्रो आपत्ति छ,’ उनले भने । अवरोधपछि बैठक स्थगित भएको छ ।
प्रदेश सरकारले शुक्रबार स्थायी राजधानी दाङको भालुवाङ राख्ने प्रस्ताव पेश गरेको थियो । प्रदेशको नाम लुम्बिनी राख्ने विषयमा भने दलहरु एक मत छन् ।
प्रकाशित समय १५:१४ बजे

















