गृहपृष्ठ धरानमा कोरोनाबाट थप एक जनाको निधन
धरानमा कोरोनाबाट थप एक जनाको निधन
फाइल तस्बिर ।
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड- १९ अस्पतालमा थप एक पुरुषको कोरोना संक्रमणबाट मंगलबार बिहान मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान उपमहानगरपालिका- ३ का ६४ वर्षीय पुरुष रहेका प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । मधुमेह तथा क्षयरोगबाट पीडित ती पुरुषलाई श्वासप्रश्वासमा समस्या आएपछि गत असोज १२ गते अस्पताल भर्ना गरिएको थियो । सोही दिन उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ ।
योसँगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको संख्या ४२ पुगेको छ । हालसम्म धरानमा १० जनाको कोरोनाबाट निधन भएको धरान उपमहानगरपालिको स्वास्थ्य महाशाखाले जनाएको छ । सोमबार बिहान प्रतिष्ठानमा तेह्रथुम र धरानका थप २ जनाको कोरोनाबाट मृत्यु भएको थियो ।
प्रकाशित समय ११:०२ बजे

















