गृहपृष्ठ सरकार र डा. गोविन्द केसीबीच सहमति
सरकार र डा. गोविन्द केसीबीच सहमति
सरकार र सत्याग्रही डा. गोविन्द केसीबीच सहमति भएको छ । भदौ २९ गतेदेखि आमरण अनसनमा बसेका डा. केसी पक्ष र सरकारी वार्ता टोलीबीच केहीबेरअघि सहमति बनेको हो ।
वार्ता टोलीबीच विश्वविद्यालय, आईओएम, काउन्सिल र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड ऐनमै राख्ने र ऐन संशोधन नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा नियुक्ति गर्नेलगायत विषयमा सहमति भएको छ ।
प्रकाशित समय १७:२३ बजे

















