गृहपृष्ठ कर्मचारीलाई कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय बन्द
कर्मचारीलाई कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय बन्द
जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय बन्द गरिएको छ । प्रशासकीय अधिकृत अम्मरराज आचार्यले सूचना प्रकाशित गरी असोज ३० गतेसम्म कार्यालय बन्द रहेको जानकारी गराएका हुन् ।
उनका अनुसार कोरोना संक्रमित कर्मचारीको सम्पर्कमा रहेका कर्मचारीहरुको स्वास्थ्य परीक्षणका लागि स्वाब संकलन गरि पठाइसकेको छ । कार्यालय बन्द भए पनि अत्यावश्यक शान्ति सुरक्षा र मुद्दालगायतका सेवा नियमित हुनेछन् । यसअघि पनि जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय सिल गरिएको थियो ।
प्रकाशित समय १५:३० बजे
















