गृहपृष्ठ कोरोना संक्रमणबाट पाँच महिने शिशुसहित दुई जनाको मृत्यु
कोरोना संक्रमणबाट पाँच महिने शिशुसहित दुई जनाको मृत्यु
सुनसरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित पाँच महिने शिशुसहित दुई जनाको ज्यान गएको छ । मोरङको सुन्दर हरैँचाका शिशुको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार उनलाई शुक्रबार नै संक्रमण पुष्टि भएको थियो । पाँचमहिने छोरीलाई दिमागसम्बन्धी रोगको समस्या भएको थियो । शुक्रबार अपराह्न धरान ११ की ५२ वर्षीया एक महिलाको पनि प्रतिष्ठानमै उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई उच्च रक्तचाप र मधुमेह जस्ता दीर्घ रोग भएको बताइएको छ । उनलाई कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भई ५ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । (रासस)
प्रकाशित समय १२:४२ बजे

















