गृहपृष्ठ सुदूरपश्चिममा १७ जना कोरोना संक्रमितको अवस्था गम्भीर

सुदूरपश्चिममा १७ जना कोरोना संक्रमितको अवस्था गम्भीर

सांकेतिक तस्बिर ।

धनगढीका १२ सहित सुदूरपश्चिममा १७ जना कोरोना संक्रमितको अवस्था गम्भीर बनेको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना वार्डमा भर्ना भएकामध्ये अवस्था गम्भीर रहेका १७ जनाको आइसीयूमा उपचार भइरहेको छ ।

धनगढी उपमहानगरपालिकाका मात्र १२ संक्रमितको भेन्टिलेटर र आईसीयूमा उपचार भइरहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ की ८२ वर्षीया महिला र वडा नम्बर २ का ८४ वर्षीया पुरुषको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका १, वेदकोट नगरपालिकाका १, बेलौरी नगरपालिकाका १, डडेल्धुराको अमरगढी नगरपालिकाका १ र दार्चुलाको महाकाली नगरपालिकाका १ जना पनि आईसीयूमा उपचाररत छन् ।

गम्भीर संक्रमित बढेपछि शय्या भरिएका छन् भने आईसीयू र भेन्टिलेटरको समेत अभाव हुने अवस्था आएको अस्पतालले जनाएको छ । अब जटिल संक्रमित थपिएमा अन्यत्र रेफर गर्नुको विकल्प नरहेको अस्पतालले जनाएको छ ।

प्रकाशित समय १४:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु