गृहपृष्ठ नेपालमा कोरोना जित्नेको संख्या बढ्दै, ८१ प्रतिशत संक्रमणमुक्त

नेपालमा कोरोना जित्नेको संख्या बढ्दै, ८१ प्रतिशत संक्रमणमुक्त

कोशी अस्पतालबाट निको भइ घर फर्कन लागेकाहरू । (फाइल तस्बिर)

नेपालमा कोरोनामुक्त हुनेको संख्या बढिरहेकाे छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा काेराेनामुक्त हुनेकाे दर ८१ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ५५ हजार ११४ कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घन्टामा दुई हजार २०६ जना कोरोनामुक्त भएका छन् ।

बितेको २४ घन्टामा १० हजार ४२३ नमूना परीक्षणमा एक हजार ६७६ पुरुष र एक हजार ७७ महिला गरी दुई हजार ७५३ संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ९१ हजार ६३६ पुगेको छ । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा ८८७ पुरुष र ६२५ महिलासहित एक हजार ५१२ संक्रमित थपिएका छन् । प्रदेश १ मा ४९४, प्रदेश २ ७७, बागमती एक हजार ६९९, गण्डकीमा १३७, लुम्बिनीमा २१८, कर्णालीमा २५ र सुदूरपश्चिममा १०३ संक्रमित थपिएका छन् ।

३५ हजार ४३५ सक्रिय संक्रमित छन् । ती मध्ये ३६५ को आइसीयू र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो २४ घन्टामा १७ जनाको कोरोनाका कारण ज्यान गएको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ८७ पुगेको छ ।

झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ र रुपन्देहीमा ५०० बढी सक्रिय संक्रमित छन् । मनाङ र बाजुरामा सक्रिय संक्रमित छैनन् ।

प्रकाशित समय १९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु