गृहपृष्ठ बी एन्ड सीमा क्याथल्याब सेवा सञ्चालन, मुटु प्रत्यारोपण तयारी

बी एन्ड सीमा क्याथल्याब सेवा सञ्चालन, मुटु प्रत्यारोपण तयारी

झापाको बिर्तामोडस्थित बी एन्ड सी मेडिकल कलेज शिक्षण अस्पतालले आगामी दुई वर्षभित्र मुटु प्रत्यारोपण गर्ने गरी तयारी गरेको छ । हाल प्रदेश १ का मुटुका बिरामी उपचारका लागि काठमाडौँ तथा भारतको दिल्ली र भेलोर जानुपर्ने अवस्थालाई अन्त्य गर्न अस्पतालले सो तयारी थालेको हो ।

यसका लागि अस्पतालले चिकित्सक, पूर्वाधार तथा उपकरणसहित आन्तरिक तयारी द्रुत रुपमा अगाडि बढाएको अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले जानकारी दिए । अस्पतालले तीन वर्षदेखि विशेषज्ञ चिकित्सकसँगको समन्वयमा मुटुसम्बन्धी गुणस्तरीय सेवा सञ्चालन गर्दै आएको छ । उनले भने, ‘अब अस्पतालले मुटु प्रत्यारोपणको योजना अघि सारेको छ । यो कार्य चुनौतीपूर्ण भए पनि हामी सफलता हासिल गर्छौं ।’

हालै मात्र अस्पतालले मुटु रोगको सम्पूर्ण उपचारका लागि अत्याधुनिक क्याथल्याब सेवा सञ्चालनमा ल्याएको छ ।  करिव ५० करोड रुपैयाँको लगानीमा प्रदेश १ मा पहिलोपटक सो सेवा सञ्चालनमा ल्याइएको जनाइएको छ । कार्यकारी निर्देशक प्रसाईलें सस्तो र गुणस्तरीय सेवा चिकित्सकीय सेवा दिन अस्पताल प्रतिबद्ध रहेको बताए ।

हाल क्याथल्याव सेवाबाट ६ जना बिरामीको उपचार हुँदै आएको अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. उमेश यादवले जानकारी दिए । अस्पतालको उपचार सेवा नेपालकै उच्च प्रविधियुक्त र सुविधासम्पन्न भएको उनको दाबी छ ।

स्वदेश र विदेशका समेत मुटुरोगका विशेषज्ञ चिकित्सकको लामो अनुभवको सेवा अब बी एन्ड सीबाट उपलब्ध हुने अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए । तीन सय शय्याको सो अस्ततालले गत वर्षदेखि प्रदेश १ मै पहिलो पटक क्यान्सर उपचार सेवा सुरु गरेको छ ।

अस्पतालले मिर्गाौला रोगीका लागि उपचार तथा डायलाइसिस सेवासमेत प्रदान गर्दै आएको छ । अस्पतालले कोरोनाभाइरसका बिरामीलाई समेत उत्कृष्ट सेवा प्रदान गर्दै आएको अधिकृत गिरीले बताए । (रासस)

प्रकाशित समय १९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु