गृहपृष्ठ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब ८ थान भेन्टिलेटर

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब ८ थान भेन्टिलेटर

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भेन्टिलेटरको संख्या आठ पुगेको छ । यसअघि प्रतिष्ठानमा भेन्टिलेटरको संख्या छ थियो । बुधबार हेल्थ केयर डिपार्टमेन्ट काठमाडौँले दुई थान भेन्टिलेटर सहयोग गरेसँगै अब भेन्टिलेटरको संख्या आठ पुगेको प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिए ।

‘प्रतिष्ठानमा हाल १० वटा आइसीयूको व्यवस्था छ,’ निर्देशक डा. रावलले भने, ‘यद्यपि अहिलेसम्म अन्य रोग बाहेक कोरोना संक्रमितलाई जुम्लामा आइसीयू तथा भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आइपुगेको छैन ।’ कोरोना संक्रमितलाई आइसीयू तथा भेन्टिलेटरमा पुग्न नपरोस् भन्ने मर्मका साथ सचेतना तथा उपचारमा विशेष जोड दिइएको उनले बताए । हाल जुम्लामा ३४६ जना संक्रमित रहेको जनाइएको छ ।

प्रकाशित समय १७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु