गृहपृष्ठ सुदूरपश्चिमका सामाजिक विकासमन्त्रीलाई कोरोना संक्रमण

सुदूरपश्चिमका सामाजिक विकासमन्त्रीलाई कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । मन्त्री सुवेदीलाई ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि नमूना परीक्षण गराउँदा सोमबार कोरोना पोजेटिभ देखिएको उनका स्वकीय सचिव लोकेन्द्र धामीले जानकारी दिए ।

कोरोनाको संक्रमण देखिएपछि होम आइसोलेसनमा बसेका मन्त्री सुवेदीको स्वास्थ्य अवस्था सामान्य रहेको धामीले बताए । यसअघि मन्त्री सुवेदीका अर्का स्वकीयसचिव र दुई सुरक्षा गार्डमा समेत कोरोना संक्रमण देखिएकोको थियो ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह कोरोना स‌क्रमित भई हाल काठमाडौँमा उपचाररत छन् । गएको कात्तिक १५ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनका स्वकीय सचिव जंगबहादुर विकले मन्त्री शाहको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिए । (रासस)

प्रकाशित समय १२:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु