गृहपृष्ठ कर्णालीमा ३५ जना कोरोना संक्रमित थपिए

कर्णालीमा ३५ जना कोरोना संक्रमित थपिए

कर्णाली प्रदेशमा आइतबार ३५ जना कोरोनाभाइरस (कोभिड- १९) संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये प्रदेशका चार जिल्लाका ३१ र बाँकी अन्य प्रदेशका रहेका छन् ।

प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी-पीसीआर परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार कोरोना पुष्टि हुनेहरुमा सुर्खेतका १९, दैलेखका चार, जाजरकोटका चार, सल्यानका चार र अन्य प्रदेशका चारजना रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख बृषबहादुर शाहीले जानकारी दिए ।

योसँगै प्रदेशभर कोरोनाभाइरस संक्रमितको संख्या ६ हजार ८ सय ७३ पुगेको उनले जानकारी दिए । जसमा सुर्खेतमा २ सय २२, दैलेखमा ३८, जाजरकोटमा एक, सल्यानमा १ सय १२, रुकुमपश्चिममा २४, जुम्लामा नौ, कालिकोटमा दुई र हुम्लामा १६ मुगुमा पाँच जना रहेका छन् । डोल्पामा भने कोरोना भाइरसका सक्रिय संक्रमित नरहेको उनले जानकारी दिए ।

आइतबार प्रदेशभरका २३ जना कोरोनाभाइरस संक्रमणमुक्त भएको महाशाखाको तथ्यांक छ । योसँगै प्रदेशभर संक्रमणमुक्त हुनेको संख्या ६ हजार २ सय ८३ पुगेको छ । हालसम्म कर्णालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १९ पुगेको महाशाखाका प्रमुख शाहीले जानकारी दिए ।

प्रकाशित समय १७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु