गृहपृष्ठ शुक्रबार थपिए १२७२ कोरोना संक्रमित, १६ जनाको मृत्यु

शुक्रबार थपिए १२७२ कोरोना संक्रमित, १६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ । शुक्रबार १ हजार ५ सय ७५ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ रहेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ४ सय ४७ रहेको छ । जसमा १५ हजार ४ सय ४७ जना आइसोलेसनमा र ५३७ जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ६७ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय १६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु