गृहपृष्ठ शनिबार १०२४ संक्रमित थपिए, २२०६ जना कोरोनामुक्त
शनिबार १०२४ संक्रमित थपिए, २२०६ जना कोरोनामुक्त
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २ हजार २ सय ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर संक्रमितको संख्या १४ हजार २ सय ५५ रहेको छ भने ५ सय ३६ जना क्वारेन्टिनमा छन् ।
मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ७७ पुगेको छ ।
प्रकाशित समय १६:३४ बजे

















