गृहपृष्ठ सुनचाँदी व्यवसायी महासंघको साधारणसभा पौष अन्तिम साता हुने

सुनचाँदी व्यवसायी महासंघको साधारणसभा पौष अन्तिम साता हुने

नेपाल सुनचाँदी व्यवसायी महासंघको सातौं वार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशन पौष २४ र २५ गते काठमाडौंमा हुने भएको छ ।

महासंघको मंसिर १८ गते काठमाडौंमा आयोजित १९औं पूर्ण वैठकले आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै सातौं वार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशन गर्ने निर्णय गरेको हो । महासंघले सर्वसम्मित रुपमा सो निर्णय गरेको हो । यसअघि कोरोना महामारीका कराण महासंघको साधारणसभा सर्दै आएको थियो ।

प्रकाशित समय १६:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु